सुनको मूल्य बढ्दा चाँदीको घट्यो

माघ २९, २०८१

कान्तिपुर संवाददाता

As the price of gold rose, silver fell

काठमाडौँ — सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

कान्तिपुर

Link copied successfully