काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६.५४ अंकले बढेको छ । पछिल्लो पाँच कारोबार दिन यता घटेको नेप्से आज शून्य दशमलव २४ प्रतिशतले बढेको हो ।
नेप्से २ हजार ६ सय ८३.८६ विन्दुमा बन्द भएको छ । कुल १३४ कम्पनीको सेयर मूल्य बढ्यो भने ९८ कम्पनीको मूल्य घट्यो । आज ११ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ७२ हजार ९४ पटकको किनबेचबाट ७ अर्ब २४ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर किनबेच भए ।
कुल १३ उपसमूहमध्ये ५ उपसमूहको मूल्य बढ्यो भने ७ वटा उपसमूहको मूल्य घट्यो । विकास बैंक, जलविद्युत्, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्यूचअल फन्ड उपसमूह बढ्यो ।
