सुन तोलाकै १ लाख ६९ हजार ६ सय रुपैयाँ

माघ २८, २०८१

कान्तिपुर संवाददाता

1 lakh 69 thousand 600 rupees of gold tola

काठमाडौँ —  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ तोकिएको छ । आइतबार भने चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ८ सय ७९ अमेरिकी डलरआसपास कारोबार भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully