सुनको मूल्य घट्यो

माघ २५, २०८१

कान्तिपुर संवाददाता

The price of gold fell

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार १ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully