बढ्यो सुनचाँदीको मूल्य

माघ २४, २०८१

रासस

The price of gold and silver increased

काठमाडौँ — स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ६०० ले बढेर एक लाख ६८ हजार ५०० कायम भएको छ । 

छापावाला सुन बुधबार प्रतितोला एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला पाँचले बढेको हो । 

रासस

Link copied successfully