११.६४ अंकले घट्यो नेप्से

माघ २४, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 11.64 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११.६४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९९.८१ विन्दुमा बन्द भएको छ । 

उक्त दिन कारोबारमा आएकामध्ये ७४ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १६० वटाको घट्यो भने बाँकी ९ वटा कम्पनीको स्थिर रहयो ।

९२ हजार ३ सय २६ पटकको कारोबारमा १ करोड ८६ लाख ८० हजार  ३९२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully