नेप्से ४.४५ अंकले घट्यो

माघ २३, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 4.45 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.१६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ११.४५ विन्दुमा ओर्लेको छ ।

उक्त दिन कारोबारमा आएकामध्ये ११३ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १२२ वटाको घट्यो भने बाँकी ७ वटा कम्पनीको स्थिर रह्यो ।

९० हजार ७ सय ५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully