सुनचाँदीको मूल्य बढ्यो

माघ २२, २०८१

कान्तिपुर संवाददाता

The price of gold rose

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully