नेप्से परिसूचक २.४१ अंकले बढ्यो

माघ २१, २०८१

कान्तिपुर संवाददाता

The NEPSE index increased by 2.41 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २.४१ अंकले बढेको छ । आज शून्य दशमलव  शून्य ८ प्रतिशतले बढेर २७३० विन्दुमा बन्द भएको छ । कुल ९७ कम्पनीको सेयर मूल्य बढ्यो भने  १३७ कम्पनीको मूल्य घट्यो । आज ८ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल १ लाख ११ हजार ९१८ पटकको सेयर किनबेचबाट ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । आज २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये ७ वटा उपसमूहको मूल्य बढ्यो भने ६ वटा उपसमूहको घट्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully