सुनचाँदीको मूल्यमा सामान्य गिरावट

माघ १५, २०८१

कान्तिपुर संवाददाता

General decline in gold prices

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । 

आज एक तोला छापावाल सुनको मोल एक  लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको महासंघका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, सोमबार एक  हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको  महासंघ जनाएको छ ।

कान्तिपुर

Link copied successfully