२४.५० अंकले बढ्यो नेप्से, ९ अर्ब ४० करोडको कारोबार

माघ १५, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by 24.50 points, turnover of 9 billion 40 million

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २४.५० अंकले बढेको छ । आज शून्य दशमलव ९३ प्रतिशतले बढेर नेप्से २६५७.७७ विन्दुमा बन्द भएको हो ।

कुल १७७ कम्पनीको सेयर मूल्य बढ्यो भने ६० कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज ९५ हजार ९७ पटकको सेयर किनबेचबाट ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहहरु बढे ।

कान्तिपुर संवाददाता

Link copied successfully