सुनको मूल्यमा सामान्य गिरावट

माघ १४, २०८१

कान्तिपुर संवाददाता

General decline in gold prices

काठमाडौँ — सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँ तोकिएको छ । चाँदी अघिल्लो दिन प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा किनबेच भएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully