बिमा कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छुट्टै विभाग स्थापना गर्न निर्देशन

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Directing insurance companies to set up a separate anti-money laundering department

काठमाडौँ — बिमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बिमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छुट्टै विभाग स्थापना गर्न निर्देशन दिएका छन् । बिमा क्षेत्रमा हुन सक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बिमा प्राधिकरणमा छुट्टै विभाग स्थापना गरिसकेको र अब कम्पनीले पनि यससम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न अध्यक्ष दहालले निर्देशन दिएका हुन् ।

नेपाल बिमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण  कार्यक्रममा अध्यक्ष दहालले उक्त निर्देशन दिएका हुन् ।

‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा अध्यक्ष दहालले सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बिमा क्षेत्रको पनि दायित्व भएकाले सोहीअनुसार जिम्मेवारीपूर्वक काम गर्न बिमा कम्पनीका कार्यान्वयन अधिकारीहरूलाई निर्देशन दिएका हुन ।

अध्यक्ष दहालले बिमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिमलगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । 

कान्तिपुर

Link copied successfully