नेप्से परिसूचक १०.४१ अंकले घटयो

माघ १३, २०८१

कान्तिपुर संवाददाता

The NEPSE index fell by 10.41 points

काठमाडौँ — सेयर कारोबार मापक  नेप्से परिसूचक १०.४१ अंकले घटेको । आज शून्य दशमलव ३९ प्रतिशतले घटेर २६४३.९३ बिन्दुमा बन्द भएको छ । 

कुल ११६ कम्पनीको सेयर मूल्य बढ्यो भने १२१ कम्पनीको मूल्य घट्यो । आज ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ९४ हजार  ८ सय १३ पटकको सेयर किनबेचबाट ७ अर्ब १२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । आज १ करोड ५७ लाख २० हजार ३ सय ६७ कित्ता सेयर किनबेच भए ।

कान्तिपुर संवाददाता

Link copied successfully