सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

माघ १०, २०८१

कान्तिपुर संवाददाता

The price of gold decreased, how much is the transaction?

काठमाडौँ — सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको हो । 

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रति तोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएकामा बिहीबार १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

कान्तिपुर

Link copied successfully