११.१० अंकले घट्यो नेप्से, ७ अर्ब ८५ करोडको कारोबार

माघ १०, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 11.10 points, turnover of 7 billion 85 crores

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११.१० अंकले घटेको छ । आज शून्य दशमलव ४१ प्रतिशतले घटेर २६५४.३५ विन्दुमा बन्द भएको छ । 

कुल ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५० कम्पनीको मूल्य घट्यो । आज ७ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ८४ हजार ७ पटकको सेयर किनबेचबाट ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । आज १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भए । 

कुल १३ उपसमूहमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन मात्रै बढ्यो । अन्य उपसमूहहरु घटे । 

कान्तिपुर

Link copied successfully