सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो

माघ ९, २०८१

कान्तिपुर संवाददाता

The price of gold reached 160,000 tolas

काठमाडौँ — सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला २० बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ९ अमेरिकी डलर बढेर २ हजार ७ सय ५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।

कान्तिपुर

Link copied successfully