आवास खरिद गर्दा आम्दानीको स्रोत खुलाउनु पर्ने व्यवस्था पुनरावलोकन गर्न माग   

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Demand to review the provision of disclosure of source of income while purchasing housing

काठमाडौँ — आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनु पर्ने हालको व्यवस्था पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको घरजग्गा व्यवसायीहरूले बताएका छन् ।

 नेपाल जग्गा तथा आवास विकास महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा व्यवसायीहरूले आवास खरिदमा आम्दानीको स्रोत देखाउनु पर्ने हालको व्यवस्था पुनरावलोकन गर्न आग्रह गरेका हुन् । 


जग्गाको मूल्य र कर्जा धितोको अनुपातसम्बन्धी विद्यमान कानुन पनि पुनरावलोकन गर्न पर्ने उनीहरूको माग थियो ।

‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन तथा नियमावलीले घरजग्गा व्यवसाय गर्ने उद्देश्य राखेका कम्पनीहरूलाई सूचक संस्था भनी किटान गरेको सन्दर्भमा घरजग्गा व्यवसाय गर्ने जुनसुकै रियल ईस्टेट कम्पनीले महासंघको सिफारिस प्राप्त गर्नु पर्ने कानुनी व्यवस्था गरी यसलाई सरोकारवालाहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा कानुनी मान्यता दिनुपर्ने हुन्छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully