माघका लागि पनि घट्यो निक्षेपको ब्याजदर  

तीन बैंकले घटाए ब्याजदर, बाँकी १७ को स्थिर

पुस २९, २०८१

कान्तिपुर संवाददाता

The deposit interest rate also decreased for the month of January

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले आउादो माघका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले सोमबार प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार माघमा निक्षेपको औसत ब्याजदरमा कमी आएको हो ।

माघका लागि तीन वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने १७ वटाले स्थिर राखेका छन् । जसअनुसार कृषि विकास बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.०६ प्रतिशत र नेपाल एसबीआई बैंकले ०.५० प्रतिशत घटाएका छन् ।

तर, हिमालयन बैंकले साधारण निक्षेपको ब्याजदर ०.०१० प्रतिशतले घटाएको छ । बाँकी सबै वाणिज्य बैंकले निक्षेपको ब्याजदर यही पुसकै बराबर प्रकाशित गरेका छन् ।

माघका लागि एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.००१ प्रतिशत र साधारण बचतको ४.४७ प्रतिशत कायम भएको छ । यही पुसमा लागि एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.०२९ प्रतिशत र साधारण बचतका ४.५३ प्रतिशत थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully