काठमाडौँ — नेपाल राष्ट्र बैंकले मनोकामना मनिचेन्जर, वीरगञ्ज पर्साको लाइसेन्स खारेज गरेको छ । नियामक निकायबाट भारतीय रुपैयाँको कारोबार गर्न अनुमति लिएको उक्त कम्पनीले कानुनविपरीत काम गरेपछि नेपाल राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो ।
अब उपरान्त सो मनिचेन्जरसँग कुनै पनि कारोबार नगर्न नगराउन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सूचना जारी गरेको छ ।
