सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पुस २५, २०८१

कान्तिपुर संवाददाता

General increase in the price of gold and silver

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।

बुधबारको तुलनामा आज प्रतितोला सुनमा आठ सय रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार एक तोला सुन आज एक लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० रुपैयाँ कायम भएको छ ।

कान्तिपुर

Link copied successfully