नेप्सेमा साढे ६ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो 

पुस २४, २०८१

कान्तिपुर संवाददाता

An increase of 6 and a half points in NEPSE, the turnover also increased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ५३.२३ बिन्दुमा पुगेको हो । गत बिहीबार यता सबै कारोबार दिन बढेको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको हो । 

उक्त दिन कारोबारमा आएकामध्ये १३९ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ९५ वटाको घट्यो भने बाँकी ८ वटा कम्पनीको स्थिर रहयो ।

७२ हजार १ सय २० पटकको कारोबारमा १ करोड ५५ लाख २ हजार ७ सय ५१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत मंगलबार ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये बैकिङ, होटेल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, निर्जीवन बिमा, व्यापार र अन्य उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे ।  

कान्तिपुर संवाददाता

Link copied successfully