काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४९.१२ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ४०.६८ विन्दुमा पुगेको हो ।
अघिल्ला तीन कारोबार दिन सामान्य अंकले बढेको नेप्से सोमबार उच्च अंकले बढेको हो ।सो दिन कारोबारमा आएकामध्ये २२६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १२ वटाको घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रहयो ।
७५ हजार ५ सय ४० पटकको कारोबारमा १ करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत आइतबार ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको उच्च वृद्धिमा टेवा पुगेको हो ।
