सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घट्यो

पुस २१, २०८१

कान्तिपुर संवाददाता

The price of gold decreased by one thousand five hundred rupees per tola

काठमाडौँ — आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय १० मा कारोबार हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully