काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३३.०८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ७६.५० विन्दुमा ओर्लेको हो । अघिल्लो कारोबार दिन २१ अंकले घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो ।
सो दिन कारोबारमा आएकामध्ये २८ वटा कम्पनीको सेयरमूल्य बढ्यो, २१३ वटाको घट्यो भने बाँकी ३ वटा कम्पनीको स्थिर रहयो ।
६९ हजार ९ सय २३ पटकको कारोबारमा १ करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो ।
मंगलबार अन्य बाहेक बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेको उच्च अंकले ओरालो लागेको हो ।
