पाँच महिनामा २९ लाख रुपैयाँको कुरिलो निर्यात

पुस १६, २०८१

कान्तिपुर संवाददाता

Kurilo exports worth Rs. 29 lakhs in five months

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा २९ लाख २० हजार रुपैयाँको कुरिलो निर्यात भएको छ । भन्सार विभागका अनुसार पाँच महिनामा १८ हजार ७०९ किलो कुरिलो निर्याता भएको हो । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा भने यस वर्ष कुरिलो निर्यात घटेको छ ।

गत आर्थिक वर्षको पाँच महिनामा ९५ लाख ३२ हजार रुपैयाँको कुरिलो निर्यात भएको थियो । अस्ट्रेलिया, कतार र युएईमा ५४ हजार ८ सय १ किलो कुरिलो निर्यात भएको थियो । 

 यस वर्ष नेपालमा उत्पादन भएको कुरिलो कतार, युएई, डेनमार्क, नर्वे, चीन र हङकङमा पुगेको विभागको तथ्यांक छ । सबैभन्दा बढी कुरिलो कतारमा पुगेको छ ।

विभागका अनुसार कतारमा मात्रै २५ लाख ३१ हजार रुपैयाँको कुरिलो निर्यात भएको छ । युएईमा २ लाख १८ हजार, डेनमार्कमा ६८ हजार, नर्वेमा ४३ हजार, चीनमा ३० हजार र हङकङमा २९ हजार रुपैयाँको कुरिलो निर्यात भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully