तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Gold price decreased by Rs 500 per tola

काठमाडौँ — साताको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदीको मूल्य घटेको हो । 

आज सुन प्रतितोला १ लाख ५० हवार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

कान्तिपुर

Link copied successfully