सञ्चारकर्मी र विज्ञापनदातालाई सम्मान

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Respect to media and advertisers

काठमाडौँ — नेपाल विज्ञापन संघ (आन) ले वरिष्ठ व्यक्तित्वहरूलाई सम्मान गरेको छ । आनको २५औं वार्षिक साधारणसभाका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा वरिष्ठ सञ्चारकर्मी यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानलका अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष पुष्करलाल श्रेष्ठ र कृष्ण पाउरोटीका घनश्याम राजकर्णिकार छन् । 

नेपालको विज्ञापन उद्योग परिस्कृत भई आजको अवस्थामा आइपुग्न उनीहरूले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको आनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी प्रसन्न श्रेष्ठ र साइष्मा घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।

एड फेस्टको अवसरमा थाइल्यान्डमा आयोजित लोटस वर्कसपमा सन् २०२४ मा नेपालको प्रतिनिधित्व गरी अस्ट्रेलियालगायत एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारका प्रतिनिधिबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा पर्न सफल भएको र विश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएकाले उनीहरूलाई प्रशंसापत्रले सम्मान गरिएको आनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully