नेप्से १४ अंकले बढ्यो, सवा ५ अर्बको सेयर कारोबार

पुस ९, २०८१

कान्तिपुर संवाददाता

NEPSE rose by 14 points, trading 5.5 billion shares

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १४.११ अंकले बढेर २ हजार ६ सय २६.३१ विन्दुमा उक्लेको छ । अघिल्लो दिन झण्डै २९ अंकले बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो ।

सो दिन कारोबारमा आएकामध्ये १६८ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ७० वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रहयो ।

६४ हजार ९ सय १७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । सोमबार ४ अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully