पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यात

पुस ९, २०८१

कान्तिपुर संवाददाता

Export of carpets worth 4.96 billion rupees in five months

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँबराबरको गलैंचा निर्यात भएको छ । भन्सार विभागका अनुसार २ लाख ४६ हजार ४०४ स्क्वायर मिटर गलैंचा ५९ वटा मुलुकमा निर्यात भएको हो ।

सबैभन्दा बढी अमेरिकामा २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको गलैंचा निर्यात भएको थियो । चीनमा ६१ करोड ६ लाख, जर्मनमा ३० करोड रुपैयाँको गलैँचा निर्यात भएको थियो । 

यस्तै भारतमा २५ करोड, बेलायतमा २२ करोड इटालीमा २२ करोड, फ्रान्समा १४ करोड,  अस्ट्रेलियामा १३ करोड र बेलजियममा १२ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।

दुबई, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रिया, ब्राजिल, लाट्भिया, मालदिभ्स्लगायत विभिन्न मुलुकमा गलैंचा निर्यात भएको छ ।

गत  आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ५३ करोड ३ लाख रुपैयाँको गलैंचा निर्यात भएको छ ।

कान्तिपुर

Link copied successfully