नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Share Guarantee Agreement between Citizen Investment Fund and Myagdi Hydropower

काठमाडौँ — नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका छन् ।

म्याग्दी हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ताबापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully