१३.५३ अंकले घट्यो नेप्से

पुस ७, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 13.53 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १३.५३ अंकले घटेको छ । नेप्से शून्य दशमलव ५२ प्रतिशत घटेर २५८३.२९ विन्दुमा बन्द भएको छ ।

कुल ८४ कम्पनीको सेयर मूल्य बढ्यो भने १५४ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ५७ हजार ८६३ पटकको सेयर किनबेचबाट ४ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएको ५ ।

कुल ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच भए । 

कान्तिपुर

Link copied successfully