काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५.६० अंकले घटेको छ । आज शून्य दशमलव २१ प्रतिशतले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ ।
कुल ८१ कम्पनीको सेयर मूल्य बढ्यो भने १४९ कम्पनीको मूल्य घट्यो । १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ४९ हजार ४२१ पटकको सेयर किनबेचबाट ४ अर्ब २७ करोड रूपैयाँको सेयर कारोबार भएको छ ।
आज ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये ३ को सेयर मूल्य बढ्यो भने १० को घट्यो ।
