सामान्य अंकले बढ्यो नेप्से

पुस २, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by normal points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २‍.९५ अंकले बढेर २६३३‍.८७ विन्दुमा बन्द भएको छ । 

आज ११७ कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ कम्पनीको मूल्य घट्यो । १० कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ५३ हजार ९५७ पटकको सेयर किनबेचबाट ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।

आज ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भए । कुल ८ उपसमूह बढे भने अन्य उपसमूहहरू घटे ।  

कान्तिपुर संवाददाता

Link copied successfully