काठमाडौँ — व्यापारिक घराना ज्योति समूह पद्म ज्योति समूहमा रूपान्तरण भएको छ । आइतबार पद्म ज्योति समूह घोषणा गरिएको हो । पद्म ज्योति समूहले यो घोषणालाई विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात पनि भनेको छ ।
पद्म ज्योति समूहमा रूपान्तरण गरी नयाँ यात्रा सुरुवात भएको घोषणा गर्न पाएकोमा कम्पनीले खुसीसमेत व्यक्त गरेको छ । धेरै बाधा र चुनौती पार गर्दै कम्पनी निरन्तर अगाडि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।
‘पद्म ज्योति समूहले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीति पनि ल्याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । ज्योति समूहबाट पद्म ज्योति समूहमा परिवर्तनले प्रगति, अनुकूलन र नयाँ अवसरको खोजीमा आफूहरूको समर्पणलाई जनाउने कम्पनीले जनाएको छ ।
पद्म ज्योति, सौरभ ज्योति, सिर्जना शाक्य, सुह्रिद र आरती ज्योतिको मार्गदर्शनमा नयाँ अध्याय सुरु गर्न पाएकोमा कम्पनीले खुसीसमेत व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
