सुनचाँदीको मूल्य घट्यो

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

The price of gold and silver fell

काठमाडौँ — अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  । 

गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला रू एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ  । शुक्रबार प्रतितोला रू एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज रू एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।

कान्तिपुर

Link copied successfully