काठमाडौँ — मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । टावर मर्मत गर्नुपर्ने भएकाले सोमबार र मंगलवार केवलकार सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । बुधबारदेखि भने केबलकार सेवा पुन सञ्चालनमा आउने जनाइएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी उक्त केबलकार सञ्चालनमा छ । मनकामना मन्दिर दर्शनका लागि विभिन्न जिल्ला तथा बाह्य मुलुकबाट समेत धार्मिक पर्यटकहरू आउने गरेका छन् ।
