काठमाडौँ — नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी प्रतितोला ६५ रुपैयाँ घटेको हो ।
बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएकामा आज एक हजार आठ सय ६० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।
