नेप्से ३३.४२ अंकले घट्यो

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 33.42 points

काठमाडौँ — साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से ३३.४२ अंकले घटेको छ । बुधबार ४५‍.८८ अंकले बढेको नेप्से आज बिहीबार घटेको हो ।

आज १ दशमलव २३ प्रतिशतले घटेर २६८२.२९ विन्दुमा बन्द भएको छ । कुल ४० कम्पनीको सेयर मूल्य बढ्यो भने २०४ कम्पनीको मूल्य घट्यो । 

आज ६७ हजार १२८ पटकको सेयर किनबेचबाट ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये २ उपसमूह मात्रै बढे, अन्य उपसमूहहरु घटे । 

कान्तिपुर

Link copied successfully