काठमाडौँ — गत कात्तिकसम्ममा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ । यस्तै, गत कात्तिकसम्म चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा गत वर्षको पहिलो चार महिनामा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
