सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढ्यो

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

The price of gold increased by two thousand rupees per tola

काठमाडौँ — सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला २ हजार रूपैयाँले‍ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज प्रतितोला १ लाख ५४ हजार २ सय रूपैयाँमा सूनको मूल्य कारोबार भइरहेको महासंघले जनाएको छ । 

बुधबार प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने स्थिर रह्यो । चाँदी प्रतितोला १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully