सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Gold price increased by 2100 rupees per tola

काठमाडौँ — सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ । आज प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला  १ लाख ५० हजार १ सय रूपैयाँमा सुन कारोबार भएको थियो । 

चाँदीको मूल्य पनि तोलामा ६० रूपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार ६० रूपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ हजार ८६० रूपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कान्तिपुर

Link copied successfully