परासी — होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नवलपरासीको अध्यक्षमा नवराज अधिकारी निर्वाचित भएका छन् ।
संघको नवौं साधारण सभा तथा छैटौं अधिवेशनबाट नुमराज अधिकारी (नवराज) को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा भरत कंडेल, उपाध्यक्षमा मनोज गिरी, कोषाध्यक्षमा माधव न्यौपाने र सचिवमा कमल चापागाई सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक रमेश पाण्डेले बताए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ लुम्विनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनमा व्यवसायीकरुपमा अगाडी बढाउन र सबै व्यवसायीलाई संस्थामा आवद्ध गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।
जिल्लामा करिब ४ सय होटल ब्यवसायी संस्थामा आवद्ध रहेका छन् ।
