सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Gold price decreased by Rs 600

काठमाडौँ — आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ । 

बिहीबार प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

कान्तिपुर

Link copied successfully