स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा ढकाल

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Dhakal on the chairmanship of the Stockbrokers Association

काठमाडौँ — स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । शुक्रबार सम्पन्न एसोसिएसनको निर्वाचनमा प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

गत बिहीबार एसोसिएसनको ३०औं साधारणसभा सम्पन्न भएको थियो । 

बिहीबार सर्वसम्मत रूपमा एसोसिएसनको अध्यक्ष चुन्ने प्रयास गरिए पनि तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा शुक्रबार निर्वाचन भएको थियो । निर्वाचनमा खसेको कुल ८८ मतमध्ये ढकालले ४५ मत ल्याएका थिए । ढकालका प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् । 

यसैगरी एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएको जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully