नेप्से परिसूचकसँगै कारोबार पनि घट्यो

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Trading also fell along with the NEPSE index

काठमाडौँ — साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.९३ अंकले घटेको छ । नेप्से शून्य दशमलव ५७ प्रतिशतले घटेर २७३४.९३ विन्दुमा बन्द भएको हो । 

बुधबार नेप्से २४.९७ अंकले घटेको थियो । हिजोको तुलनामा  आज कारोबार रकम पनि घटेको हो । 

बुधबार ९ अर्ब १३ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो भने बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

बिहीबार ८७ हजार ४७६ पटकको सेयर किनबेचबाट १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर किनबेच भयो ।

कान्तिपुर

Link copied successfully