काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २४.९७ अंकले घटेको छ । लगातार दुई दिन बढेको नेप्से बुधबार घटेको हो । सोमबार १९.९७ र मंगलबार १७.८० अंकले बढेको थियो ।
आज १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १३२ कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ९६ हजार ६ सय ७७ पटकको सेयर किनबेचबाट ९ अर्ब १३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच भयो ।
हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक बढ्यो भने विकास बैंक, व्यापारलगायत १० उपसमूहहरूको घट्यो ।
