१७.८० अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by 17.80 points, while the turnover decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १७.८० अंकले बढेर २ हजार ७ सय ७५.८५ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.६४ प्रतिशतको वृद्धि हो ।

सोमबार नेप्से करिब २० अंकले बढेको थियो ।उक्त दिन कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्यो, ९७ को घट्यो र बााकी ५ कम्पनीको स्थिर रहयो ।

मंगलबार ८८ हजार ७ सय ७५ पटकको कारोबारमा १ करोड ८१ लाख ६० हजार ६ सय ३४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार संख्या, कारोबार कित्ता र कारोबार रकम सबै कम हो ।

उक्त दिन बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, लगानी, लघुवित्त र वित्त कम्पनी र निर्जीवन बिमा उपसमूहको परिसूचक घटे । बााकी उपसमूहको परिसूचक भने बढे ।

कान्तिपुर

Link copied successfully