काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १९.९७ अंकले बढेर २ हजार ७ सय ५८.०४ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.७२ प्रतिशतको वृद्धि हो ।
अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से सोमबार १९.९७ अंकले बढेको हो । उक्त दिन कारोबारमा आएकामध्ये १२६ कम्पनीको सेयर मूल्य बढ्यो, ११२ को घट्यो र बाँकी ६ कम्पनीको स्थिर रहयो ।
सोमबार १ लाख ३ हजार ४ सय ८१ पटकको कारोबारमा २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ५४ करोड १७ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । उक्त दिन बैकिङ, विकास बैंक, वित्त कम्पनी र अन्य बाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।
