९.९९ अंकले घट्यो नेप्से, पौने ९ अर्ब कारोबार

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 9.99 points, 9 billion transactions

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ९.९९ अंकले घटेको छ । शून्य दशमलव ३६ प्रतिशतले घटेर आइतबार २७३८.०६ विन्दुमा बन्द भएको हो । 

आज ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । कुल ८२ हजार ६०२ पटकको सेयर किनबेचबाट १ करोड ६७ लाख ६७ हजार १ सय ६८ कित्ता सेयर किनबेच भयो ।

कुल ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७८ वटा कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रह्यो । 

१३ उपसमूहमध्ये ३ उपसमूह मात्रै बढेका छन् भने १० उपसमूहका घटे । बढ्ने उपसमूहमा व्यापार, विकास बैंक र होटल तथा पर्यटन उपसमूह अघि रहे । 

घट्ने उपसमूहमा जीवन बिमा, फाइनान्स, लघुवित्त र उत्पादन तथा प्रशोधन रहे ।  

कान्तिपुर

Link copied successfully